Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

बुधवार , मंसिर १७, २०८२

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ ।

यस अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077