Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्रीले विश्वासको मत मागेपिछ ७ दलका ७३ सांसद बाहिरिए

मुख्यमन्त्रीले विश्वासको मत मागेपिछ ७ दलका ७३ सांसद बाहिरिए

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । मधेश प्रदेशसभा बैठक सुरू भएको छ । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई विश्वासको मत दिन मागसहित सम्बोधन गरिरहेका छन् ।

उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् ।

बैठकमा उनले सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाए । ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको उनको आरोप थियो ।

मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदर्शन, तोडफोड, राष्ट्रिय झण्डाको अपमान गरिएको आरोप लगाए।

उनले भने–‘नेकपा एमालेसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था पनि छैन। संघीयतालाई जोगाउन छाडेर दलको आचरण संघीयता विरोधी भएर तोडफोडमा उत्रिनु सांसदकै बेइज्जत हो।’

यादवको सम्बोधन सुरू हुनासाथ विपक्षी गठबन्धन सात दलका ७३ सांसद भने बाहिरिएका छन् । सदनमा एमालेका सांसदहरू मात्र सहभागी छन् ।

२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले आदेश दिएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077