काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय इजलासले मुद्दा हेर्नेछ ।
रिट दायर गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
आजको पेसीमा यो रिट क्रम संख्या–६ मा राखिएकोले अन्य मुद्दाहरूको सुनुवाइ सकिएपछि अन्त्यतिर सुनुवाइ हुनेछ ।
एमालेले रिटमा कार्की प्रतिनिधि सभा सदस्य नभएको र उनै सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश भएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानविपरीत रहेको दाबी गरेको छ।