काठमाडौं । आज २०८२ मंसिर १७ गते बुधबारको राशिफल ।
मेष
भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस्। नयाँ निर्णय लिँदा विचार पुराएर र अनुभवी जनहरूसँग सल्लाह गरेर लिनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ साथै साझेदारी व्यापारमा समझदारी बढ्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। शुभचिन्तकहरूको साथ पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
सिंह
धर्मकर्ममा सजिलै मन जानेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
तुला
आयमा वृद्धिका योग बनिरहेका छन्। कर्यक्षेत्रमा सक्रियता बढ्नेछ। उद्योग व्यापारमा आफ्नो नयाँ पहिचान बनाउने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु
उत्साह र उमंगमा वृद्धि रहनेछ। सकारात्मक सोच लिएर अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् विशेष चिसोबाट जोगिने प्रयास गरौं। कुनै पनि मादक पदार्थको सेवन नगरौँ। आलस्यलाई छोडेर कार्य गर्नुभयो भने सफलताका योगहरू छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट
नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्य माथि विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। नयाँ कामको अवसर प्राप्त भएपनि लाभ उठाउन नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
खर्चमा नियन्त्रण गर्नुहोस्। सकेसम्म नयाँ कार्यमा हात नहालौं पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस्। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर
आज तपाईंको बोलिनै ठूलो शत्रु बन्न सक्छ सचेत रहनुहोस्। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
मीन
सामाजिक मेलजोल बढ्नाले मन प्रशन्न रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।