Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरआवासीय नेपाली संघको एकता घोषणा, चार वर्षपछि टुंगियो विवाद

गैरआवासीय नेपाली संघको एकता घोषणा, चार वर्षपछि टुंगियो विवाद

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को वृहत् एकता घोषणा गरिएको छ ।

विभाजन भएको चार वर्षपछि प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो ।

विभाजित संघमा अध्यक्ष द्वय डा.बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

१०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो

१० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाधिवेशन गर्नको लागी अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ

साथै महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने, निर्वाचन र मोनिटरिङ समिति बन्ने लगायतका सहमति भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077