Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मंसिर १३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज मंसिर १३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । आज २०८२ मंसिर १३ गते शनिबारको राशिफल ।

मेष

कार्यक्षेत्रमा काम गर्ने उत्साह वा आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ काम प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

संवाद गर्ने शैली सबल हुनेछ। व्यापार व्यवसायलाई लिएर उच्चपदासीन व्यक्तिसँग भेटघाट लाभदायी रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

काममा नेतृत्व क्षमता देखिनेछ। पद प्रतिष्ठामा वृद्धि हुने संकेत छन्। व्यापार व्यवसायमा नयाँ सम्झौताहरूले भविष्यलाई लिएर नयाँ योजना बनाउनुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

तुला

प्रेम सम्बन्ध सुमधुर रहनेछ। कर्मक्षेत्रमा गरेको कार्य सिद्ध हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

संवाद र भाषण शैलीमा आफ्नो प्रतिभालाई जनाउन सकिनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। चलिरहेको कामले गति लिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

गृहिणीहरूले घरमा हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

बृष

आर्थिक मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। पहिला गरेको कामको राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कामले नाम र इनाम दिलाउने छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

परिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोस्। भावनामा आएर कुनै निर्णय नलिनुहोला। सफलताको लागि अलि धेरै संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

योजनाहरू सफल रहनेछन्। स्वास्थ्यमा हल्का थकान महसुस हुनेछ। सामाजिक कार्यक्रमहरूमा सम्मलित भइएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

समयलाई आफ्नो अनुकूल बनाउन नसकिएला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा र परिवारमा आइरहेका समस्याको समाधान हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मकर

कामको खोजीमा आफन्तबाट टाढिनुपर्ला। नसोचेको स्थानबाट धन प्राप्त होला ्र संगीत वा कलात्मक क्षेत्रबाट शुभ सूचना सुन्न पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मीन

छरछिमेकीसँग असमझदारी बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077