काठमाडौं । आज २०८२ मंसिर ११ गते बिहिबारको राशिफल ।
मेष
आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
सिंह
महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। पुरानो समस्याले सञ्चित धन खर्च हुन सक्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला
व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिला लिएका ऋणहरूबाट मुक्ति मिल्नेछ। आय अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइएला। निजी सम्पर्कले व्यावसायिक लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा भागदौडले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन सफल भइनेछ तर सतर्क भएर कार्य गर्नुहोस्। मधुर व्यवहार र बोलीले रोकिएका कार्य बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
काम रोकिनाले रकम हात लागि नहुन सक्ला। आर्थिक स्थितिमा सुधारको प्रयास असफल रहनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
मनमा अध्यात्म भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरुको सहयोग मिल्लेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा सहभागी भएर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
मकर
समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। धार्मिक कार्यहरूमा व्यस्तता बढ्नेछ। परिस्थिति आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मीन
शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। ठूला दाजु वा प्रियजन प्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।