Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मंसिर ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज मंसिर ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । आज २०८२ मंसिर ८ गते सोमबारको राशिफल ।

मेष

व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। लगनशीलता संगै आफ्नो कार्यप्रति एकाग्र रहनुहोस् शत्रुहरू आफैं पछाडि हट्नेछन्। प्रशासनिक र राजकीय मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला। बोलिको विपरीत अर्थ लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

समय अनुरूप नचल्दा परिवार वा कार्यक्षेत्रमा असमझदारी बढ्नेछ। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

तुला

खर्चिलो कामले अर्थ अभावको स्थिति उत्पन्न होला। व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु

समयमा कार्यसम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। काममा धेरै खट्टिनुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

आर्थिक पक्ष सबल रहनेछ। कृषि वा ठेकापट्टाको कार्यबाट लाभार्जन गर्न सकिनेछ। आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष

आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कुशल नेतृत्व र व्यावसायिक क्षमताको प्रशंसा हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ साथै व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आफ्नो योजनाहरू अरुलाई भन्न हत्तार नगर्नुहोस्। जोखिम पूर्ण लगानीबाट टाढा रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि हात पर्नेछ। आँटेका काममा सफलता पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

सचेका कार्यहरू सिद्ध हुनेछन्। मानसम्मानमा वृद्धि हुनेछ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

कामको प्रतिफल माथि अरुले दाबी गर्न सक्छन् सचेत रहनुहोस्। पिताको सहयोगले नयाँ अवसरहरू हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। अप्ठ्यारा परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077