Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मंसिर ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज मंसिर ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । आज २०८२ मंसिर ७ गते आइतबारको राशिफल ।

मेष

रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। नयाँ योजनाहरूलाई अघि बढाउने अवसर मिल्नेछ। आर्थिक प्रगतिको दिशा निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

बुद्धि र सूझबुझले अधिकार वा सम्मानित स्थान प्राप्त गर्न सकिनेछ। मेहनत र लगनशीलताले सजिलै लक्ष्यतर्फ अग्रसर भइनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

अनावश्यक कार्यमा संलग्न भइएला जसले समयको दुरूपयोग हुनेछ। आत्मविश्वासमा कमीको अनुभूति हुनेछ तर सकारात्मक सोचले त्यसलाई पराजित पनि गर्न सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। चिकित्सा वा म्यानेजमेन्टको क्षेत्र विशेष लाभदायी रहनेछन। विवादास्पद मामलाहरू पन्छ्याउन सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

धनु

परोपकारको कार्यमा मन लाग्नेछ। अध्ययन वा सृजनात्मक क्षेत्रमा प्रगति होला। स्वास्थ्यको स्थिति सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। लाभ नभएपनि ठूलो आवश्यकताको पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार बनाएर राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृष

चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा कतिपय कार्यमा असुविधा र अवरोध आउला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ। नोकरी वा पेशामा श्रम अनुरूप फल नमिल्ला। अरुको अप्ठ्यारो कार्य निर्वहन गर्नुपर्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

आर्थिक प्रगतिका अवसरहरू प्राप्त हुनेछन। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। नयाँ कार्यको रूपरेखा निर्माण गरिनेछ। आफन्तहरू मध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मकर

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछाडि परिएला। राजनीतिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। फजुल खर्चबाट बच्नुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मीन

योजनाहरु गुप्त राख्नुहोस् नत्र प्रतिद्वन्दीहरूले फाइदा उठाउन सक्छन्। सम्पत्तिलाई लिएर वादविवाद सुम्झिनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077