झापा । जिल्ला कारागार झापामा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बू रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ८ बजे अचानक प्रेसरको बिरामी भई लिम्बूलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । उच्च रक्तचापका कारण उपचारका क्रममा बिहान ८ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको र मृतकका आफन्तलाई जानकारी गराइसकिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
उनी २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गर्दे आएका थिए ।