विराटनगर। जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ ।
शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका-६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् ।
जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
उनको मुद्दा विचाराधीन छ ।
प्रहरीका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरेको केही समयमै चिकित्सकले मृत घोषित गरेका थिए ।