Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल न्यायाधीशमा सुनुवाइका लागि पेशी तोकिएको हो।

आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट राति १२ बजे पक्राउ गरेको थियो ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।

प्रसाईँ पक्राउ परेपछि उनका छोरा निराजन प्रसाईँले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलवार बन्दी प्रत्यक्षीकरणको सर्वोच्चमा रिट दर्ता दिएका थिए।

उक्त रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ।

अदालतले उनीमाथि थप अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077