Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मंसिर ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज मंसिर ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । आज २०८२ मंसिर ३ गते बुधबारको राशिफल ।

मेष

पुराना सम्झौताहरू भंग गर्नुपर्ला। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। युवावर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ होला। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

कानुनी मुद्दा मामला सुल्झिनेछ। व्यावहारिक पक्ष सबल रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अनियंत्रित खानपानले गर्दा स्वास्थ्य कमजोर बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

तुला

दैनिक कार्य र जागिरको क्षेत्रमा सफलता मिल्नेछ। नगरी नहुने काममा बढी चासो दिनु पर्छ। प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

धनु

आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। परिश्रम अनुसार उपलब्धि राम्रो पाइएला। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

सांस्कृतिक वा सामाजिक समारोहमा सम्मिलित भइएला। नयाँ कामको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष

सरकारी संस्थाबाट लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रबाट रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। स्वास्थ्य सबल रहनेछ। सवारी साधन चलाउँदा कागजात सम्बन्धी विषयलाई लिएर ध्यान दिनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कर्कट

अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहोला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

आफन्त र मित्रहरूसँग स्नेहपूर्ण भेट होला। पारिवारिक सदस्यहरूसँग समझदारी र आत्मीयता झन् गहिरो हुँदै जानेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

समस्याको समाधान गर्न समय लाग्नेछ। रिस उठे पनि व्यक्त नगरेकै राम्रो हुनेछ। लामो दूरीको यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर

व्यापार व्यवसायभन्दा सेवामुलक कामबाट प्रसिद्धि प्राप्त हुनेछ। राजनीतिक वा सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन

व्यापार व्यवसायमा निर्णय लिँदा सावधान रहनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अध्यात्मतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077