काठमाडौं । आज २०८२ कार्तिक ३० गते आइतबारको राशिफल ।
मेष
कार्यस्थलमा अधिकारीहरूसँग सामन्जस्य बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। अध्ययनमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
जीवनसाथीको सहयोगले आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यक्षेत्रमा कर्मचारीहरूको गतिविधिमा नियन्त्रण राख्नुहोस्। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। राजनीतिमा प्रभाव बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
रचनात्मक कार्यमा समय व्यतीत हुनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आत्मबलमा कमी आउनेछ। अध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
धनु
लगानी लगाउनको लागि समय अनुकूल रहेको छ। पहिला निर्धारित गरेको कार्यक्रममा बदलाव गर्नुपर्ला। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
वैदेशिक यात्रा सफल रहनेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। नोकरी वा पेशामा झुटो आरोप लाग्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
बृष
कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा विवादित स्थितिलाई सुधार्न सक्नुहुनेछ। आफन्तहरूको साथले हिम्मत जगाउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
कार्यक्षेत्रमा योजनाहरूको लाभ लिन सकिनेछ। यात्रा लाभदायी रहनेछ। सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। मित्रहरूको सहयोग नमिल्नाले मन दुखि रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
कन्या
व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। राजनीतिमा प्रभाव बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। कार्यक्षेत्रमा सकारात्मक दृष्टिकोणले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतिष्ठित कामले समाजमा सम्मानित स्थान दिलाउनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
अरूमाथि विश्वास राखेर निर्णय नलिनुहोला असफलता मिल्नेछ। विद्यार्थीहरूको साथीभाइहरूसँग घुमफिरमा समय व्यतीत हुनेछ। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मकर
विद्यार्थीहरूलाई शिक्षामा नयाँ अवसर मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मीन
भविष्यलाई लिएर महत्वपूर्ण योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा विवाद गर्नु भन्दा विनम्रताले काम लिनुहोस्। आयस्रोत बढ्नेछ। जीवनसाथीको साथ र सहयोग मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।