Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने !

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने !

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ ।

बिहीबारदेखि लागू हुने गरी खापुङको विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको हो ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिनका लागि जुनसुकै बेला अनुसन्धान हुनसक्ने भएकाले उनलाई उपत्यका छाड्नदेखि विदेश भ्रमणसम्म रोक लगाइएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।

साथै, उनलाई उपत्यकाबाहिर जानुपर्ने भएमा आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ व्यक्तिहरूको पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिसकेको छ ।

खापुङ छोटो समयका लागि गत भदौ १९ गते आईजीपी बनेका थिए । उनले प्रहरी संगठनको नेतृत्व सम्हालेको एक साता नबित्दै जेनजी आन्दोलन भएको थियो ।

आईजीपी खापुङ बुधबार राति १२ बजेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएका हुन् । अवकाशपछि पनि उनी आयोगको अनुसन्धानको दायरामा रहेका छन् ।

जाँचबुझ आयोगले २३ र २४ भदौमा फिल्डमा खटिएका प्रहरी अधिकारी, इन्चार्जहरूको बयान लिदै आएको छ ।

प्रहरी प्रधान कार्यालयले सबै जिल्लाहरूमा प्रदर्शन भएकाले कुनै एक प्रहरीलाई दोष देखाउन नमिल्ने भन्दै आयोगलाई जेनजी आन्दोलनका बेला आईजीपीदेखि जवानसम्म सबै फिल्डमै रहेको जवाफ दिएको थियो ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077