Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल–भारत सीमानाकाको आवागमन सञ्चालन

नेपाल–भारत सीमानाकाको आवागमन सञ्चालन

मंगलवार , कार्तिक २५, २०८२

महोत्तरी । छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमानाकाको आवागमन सञ्चालनमा आएको छ ।

भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा मंगलबार मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो ।

आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउजाउ गर्न थालेका छन् ।

महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउजाउ खुलेको हो ।

बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुवैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ ६ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077