Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने

नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने भएको छ ।

भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २२ गतेबाट आवागमन बन्द गर्न लागिएको हो ।

रौतहट जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

'यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मंगलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ बजेदेखि २५ गते मंगलबार साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुनेछ,' प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा सिल गर्ने चलन रहिआएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077