पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारीले जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको आरोप असत्य र मनगढन्ते भएको बताएका छन् ।
मंगलबार पोखरा–३० सिसुवामा एमाले पोखरा महानगर कमिटीद्वारा आयोजित जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'जेनजी आन्दोलनमा गएका छोरा–नातिहरूलाई मार्न ओलीजीले आदेश दिएको हो भने त्यो प्रमाणित गर्नुस्, हामी हाम्रो पार्टी नेकपा एमाले नै विघटन गर्न तयार छौं।'
उनका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले गोली हान्ने आदेश दिएको भन्ने प्रचार राजनीतिक बदनाम गर्न खोजिएको प्रयास मात्र हो। 'ओलीजस्तो नेता जनताको छोरामाथि गोली चलाउन सक्दैनन्,' उनले थपे।
अधिकारीले जेनजी आन्दोलनका घटनाबारे सत्य तथ्य उजागर गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमाथि पनि प्रश्न उठाए ।