Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् ।

२२ कात्तिकदेखि लागू हुने गरी राजीनामा दिएको भएपनि आज मंगलबारमात्रै राजीनामा दिएको बाहिरिएको हो ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दर्ता भएको थियो ।

सर्वोच्चले गत १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले १४ साउन २०८१ मा अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो ।

तीमध्ये ६ जनालाई भने निरन्तरता दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077