Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक २५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक २५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । आज २०८२ कार्तिक २५ गते मंगलबारको राशिफल ।

मेष

दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ।

वृष

दिन राम्रो छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

मिथुन

दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट

दिन सहज छ । लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

सिंह

दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

कन्या

कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।

तुला

दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृश्चिक

दिन राम्रो छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । बिहान उठेर गणेशको भजन गर्न सकेमा दिन सहज बन्नेछ ।

धनु

दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर

दिन राम्रो छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।

कुम्भ

दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

मीन

दिन राम्रो छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077