Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक १८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक १८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । आज २०८२ कार्तिक १८ गते मंगलबारको राशिफल ।

मेष

मानसम्मान वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। कानुन वा न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन

रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। धन आर्जनका नयाँ योजनाहरू अगाडी बढ्नेछन्। गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

तुला

नयाँ कार्यको रूपरेखा बन्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आजका शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

धनु

अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

बल वा बुद्धिको उपयोगले अधिकार जोगाउन सफल भइनेछ। मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

बृष

धनमा वृद्धि हुनेछ। आफन्तहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

अनावश्यक कार्यमा सहभागी जानइनेछ। कडा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरुको झैँ झगडामा नपर्नुहोस्। बोलीमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आफन्तहरू मध्य वैचारिक मतभेदको सम्भावना रहेको छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर

कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन

अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। सम्मानित स्थानको प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। मिठो बोलीले कार्य सम्पादन हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077