Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार

प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं। सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरोपछि अलपत्र परेका सबै १६२ जनाको सफल उद्धार गरेको छ।

अब बेस क्याम्पमा कुनै पनि आन्तरिक वा विदेशी पर्यटक बाँकी छैनन्। सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ, म्याग्दीबाट कार्तिक ११ गते खटिएको उद्धार टोलीले सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा १७ जना विदेशी पर्यटकसहित सबैको उद्धार गरेको हो। बाक्लो हिमपातका कारण बाटो हराएका र जोखिममा परेका पर्यटकलाई डोरीको सहायताले पहिचान गरी सुरक्षित स्थानमा ल्याइएको थियो।

तीन दिनदेखि जारी उद्धार प्रयासमा बुधबार मात्रै ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनाको उद्धार गरिएको थियो। आज बिहानसम्म उद्धार संख्याको कुल संख्या १६२ पुगेको छ।

उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका-४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077