Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला अदालत काभ्रेमा उपस्थित भए खगेन्द्र सुनार, थुनछेक बहस आजै

जिल्ला अदालत काभ्रेमा उपस्थित भए खगेन्द्र सुनार, थुनछेक बहस आजै

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालत उपस्थित भएका छन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज काभ्रे अदालतमा बयानका लागि हाजिर भएका हुन् ।

सुनार विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

बयान सकिएपश्चात आजै थुनछेक बहस गर्ने तयारी अदालतको छ ।

सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077