Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

आइतवार , कार्तिक ९, २०८२

एजेन्सी । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्।

मलेसियाको क्वालालम्पुरमा भएको सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका हुन्।

गत जुलाईमा थाइल्याण्ड र कम्बोडियाको सीमामा झडप भएको थियो। दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको उक्त लडाईं ट्रम्पको दबाबपछि रोकिएको थियो।

मलेसियामा रहँदा ट्र्म्प दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियानको शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। उनी एक हप्ता एसियाली देशको भ्रमण रहने बताइएको छ।

भ्रमणका क्रममा उनी जापान तथा एसिया प्रशान्त आर्थिक मञ्च एपेकका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ।

दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक सम्मेलनका क्रमा ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077