Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिँचाइ आयोजनाका १२ रुग्ण ठेक्का तोडिए

सिँचाइ आयोजनाका १२ रुग्ण ठेक्का तोडिए

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । वर्षौंदेखि काम अलपत्र पारिएका सिँचाइ आयोजनाका १२ ठेक्का तोडिएको छ।

साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आज सुचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ।

२०८१ जेठ १६ र २०८१ साउन १ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको सुचनामा जनाइएको छ।

साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच र बाँकी कामको मूल्यांकन १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको पनि सूचनामा उल्लेख छ।

कार्यालयका अनुसार शिव महिमा कन्स्ट्रक्सन, सिद्धी साई प्रकाश कन्स्ट्रक्सन, हिमांशु÷लोकस देव जे।भी, साइबाबा निमार्ण सेवा, प्रदर्शन कन्स्ट्रक्सन र सुरेखा निमार्ण सेवासंगको ठेक्का सम्झौता तोडिएको हो । यसैबिच बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्ने तयारी अनुसार ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ।

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको सडक विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077