Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

शनिवार , कार्तिक ८, २०८२

बुटवल । अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर र अन्य ८ जना सामान्य घाइते भएका छन्।

अर्घाखाँची मालारानी–१ का ७० वर्षीय भोजराज भुसालको छाती र ढाडमा चोट लागेकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त गाडीमा चालकसहित १५ जना सवार थिए।

दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077