पाँचथर। पाँचथर फिदिमको कार्तिके नजिक भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भएको छ। यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा दुर्घटना भएको थियो ।
मे १ ज ३०५५ नम्बरको पिकअप भ्यान सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।