काठमाडौं । नेपालले आईसीसी टी- ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।
लगातार विकेट गैरहेको अवस्थामा कुशल भुर्तेलले नेपालको स्कोरलाई माथी उठाए । नेपालका कुशलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए ।
गुल्सन झाले आक्रमण ब्याटिङ गरे । उनले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए।
बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २-२ विकेट लिए।