Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडकखण्डमा साँझ ६ बजेदेखि गाडी चलाउन रोक

मुग्लिन-नारायणगढ सडकखण्डमा साँझ ६ बजेदेखि गाडी चलाउन रोक

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । मुग्लिन-नारायणगढ सडकमा आइतबार पनि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन चलाउन नपाइने भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारपनि रातभर सवारी सञ्चालन गर्न नपाइने भनेको हो।

मौसम पूर्वानुमानलाई ध्यानमा राखेर पहिरोको जोखिम कायमै रहेको यस सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको छ।

यसअघि शनिबार पनि साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाइएको थियो।

साँझ ६ बजेपछि काठमाडौँ, पोखरातर्फ जान आएका सवारीलाई होल्डिङ सेन्टरमा राखिने प्रहरीको भनाइ छ। चितवन प्रहरीले साँझ ६ बजेभित्र यस क्षेत्र भएर सवारी सञ्चालन गर्नेलाई गन्तव्यमा पुगिसक्न र यस क्षेत्र कटिसक्न भनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077