एजेन्सी । हमासले गाजामा युद्ध अन्त्य गर्नका लागि प्रस्तुत अमेरिकी शान्ति योजनाका केही अंशहरू स्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको आइतबारको समयसीमाअगाडि हमासको यस्तो भनाइ आएको हो ।
आफ्नो विज्ञप्तिमा हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने तर प्रस्तावका विषयमा थप वार्ता गर्न चाहेको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले हमास स्थायी शान्तिका लागि तयार रहेको र इजरायलले गाजाको बमबारी रोक्नुपर्ने आग्रह गरेका छन् ।
हमासले योजनाको एक प्रमुख माग आफ्नो निशस्त्रीकरण र गाजाको शासनमा थप भूमिका नखेल्ने कुरामा सहमत हुने बारे केही उल्लेख गरेको छैन ।
हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको तर अमेरिकी शान्ति योजनामा रहेका धेरै बुँदाहरूमा थप वार्ता गर्न खोजेको बताएको छ ।