एजेन्सी । हमासले इजरायलद्वारा हिरासतमा रहेका सबै बाँकी बन्धकहरूलाई रिहा गर्ने सहमति जनाएको छ ।
तर, गाजासम्बन्धी अमेरिकी शान्ति योजनाका केही महत्वपूर्ण बुँदामा थप छलफल आवश्यक रहेको बताएको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई समयसीमा दिएलगत्तै आएको हो ।
हमासको प्रतिक्रियापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै, 'हमासले जारी गरेको विज्ञप्तिको आधारमा मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन्,' भनेका छन् ।
ट्रम्पले इजरायललाई पनि तत्कालै गाजामा बमबारी रोक्न आग्रह गरेका छन्। उनले भने, 'इजरायलले गाजामा तुरुन्तै बमबारी बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं ।'
यसअघि हालै मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकाको भ्रमणमा थिए । सो क्रममा ट्रम्प र नेतान्याहूबीच अमेरिकी शान्ति योजनाबारे सहमति भएको थियो।