Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरकानूनी रुपमा सुविधा लिएका दुई पूर्वसभामुख र राष्ट्रियसभा अध्यक्षले गरे गाडी फिर्ता

गैरकानूनी रुपमा सुविधा लिएका दुई पूर्वसभामुख र राष्ट्रियसभा अध्यक्षले गरे गाडी फिर्ता

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।

पूर्व सभामुख तथा पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताए ।

उनले भनेका छन्- 'कानुनमा सवारीसाधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ।'

कानूनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएपछि उनीहरूले सुविधा लिइरहेका थिए । अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077