Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर कर्मचारीको मृत्यु

करेन्ट लागेर कर्मचारीको मृत्यु

सोमवार , आश्विन १३, २०८२

सप्तरी । विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिए ।

उनका अनुसार, सुतिहारले हनुमाननगर ककांलिनी नगरपालिका–१२ मा विद्युत्‌को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077