Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुकाएको पैसाको तीव्र गतिमा अनुसन्धान गरिरहेका छौं : अर्थ मन्त्रालय

लुकाएको पैसाको तीव्र गतिमा अनुसन्धान गरिरहेका छौं : अर्थ मन्त्रालय

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद रकम निवास वा अन्यत्र लुकाएर राखिएको भन्ने सूचनाको आधारमा तीव्र अनुसन्धान भइरहेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सम्बन्धित निकाय सक्रिय रहेको र आवश्यक कानुनी कारबाही अघि बढाइएको स्पष्ट पारेको हो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि जलेको वा भेटिएको नगदबारे पनि मन्त्रालयले चासो देखाएको छ। यसै सन्दर्भमा मन्त्रालयले ठूलो परिमाणमा नगद सञ्चय नगरी सम्भव भएसम्म सबै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता टंक पाण्डेले भने, “नेपाल सरकारले सेवा वा वस्तुको खरिद(बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको छ। विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको कारोबार गर्न सकिने भएकाले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन।”

मन्त्रालयले आय आर्जन भएको र स्रोत खुलेको रकम सुरक्षित राख्न वा उपयोग गर्न कुनै रोकावट नरहेको तर स्रोत नखुलेको रकमबारे कडा निगरानी र कानुनी कारबाही हुने चेतावनी दिएको छ । साथै, प्रचलित कानुनबमोजिम नगद भेटिएमा तुरुन्त अनुसन्धान र कारबाही हुने स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077