Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनकोशी नदीमा दूध बोक्ने भ्यान खस्यो, चालक बेपत्ता

सुनकोशी नदीमा दूध बोक्ने भ्यान खस्यो, चालक बेपत्ता

शुक्रवार , आश्विन १०, २०८२

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बाट आज बिहान बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हराइरहेको हो।

डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका-१०, पस्थलीका करिब २२-२३ वर्षका नवराज खुलालले चलाएका थिए ।

सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

चौतारा साँगाचोकगढी-१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खोजीमा सशस्त्र प्रहरी बल १६ नम्बर गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापनसहितको सुरक्षाफौज खटिएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077