Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन : प्रचण्ड

मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन : प्रचण्ड

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको बताउँदै पार्टी विशेष महाधिवेशनमा जाने बताएकाका छन्।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने–‘जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने बताइसकेको छु । केही मान्छेहरूले भनेजस्तो मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन। नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ।’

उनले वैज्ञानिक बस्तुवादी विधि र विकल्पसहित आफू नेतृत्व छाड्न तयार रहेको बताए। उनले भने–‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरि यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ।’

बैठकमा उनले लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि बताए।

‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन। म नेतृत्वमा आउँदा पनि बल गरेर आको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन। पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दछु।’प्रचण्डले थप भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077