झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको एकजनाको मृत्यु भएको छ।
विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घोप्टो परी मृत अवस्थामा रहेको भनी बिहान ६ः२० बजे जानकारी प्राप्त हुनसाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।