Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने

तुइन खोलानजिकैको पहिरो पन्छाउन अझै समय लाग्ने

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको हो ।

“आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तररूपमा परिचालन भइरहेको छ,” कार्यालयले भनेको छ, “तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।”

यसअघि यो पहिरो दुई दिनमा हटाएर अवरुद्ध सडक खुलाइने कार्यालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077