काठमाडौं । काठमाडौं गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा ईश्वरराज पौडेललाई खटाएको छ ।
यसअघिका सिडिओ छविलाल रिजाललाई हटाउदै पौडेललाई सो जिम्मेवारी दिइएको हो ।
पौडेल उद्योग मन्त्रालयमा कार्यरत थिए। उनलाई गृहमा ल्याएर सिडिओमा पठाइएको छ ।
आन्दोलनको क्रममा राम्रो समन्वय नगरेको र अत्याधिक बल प्रयोग गरेको विषयमा रिजाल विवादमा परेपछि उनलाई हटाइएको हो । आन्दोलनपछि पनि उनी कार्यालय जान सकेका थिएनन् ।
सहसचिव पौडेल यसअघि सनम शाक्य र सुन तस्करी घटनासम्बन्धि बिशेष छानविन समितिको संयोजक भएर काम गर्दा चर्चामा आएका थिए।