Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षासँगै यहाँका नदीहरूमा बाढी आएको छ।

बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीमा बाढी आएको हो। बागमती, धोविखोला, बल्खु खोला, विष्णुमतीलगायतका नदीमा बाढी आएको छ।

वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ।

जलवायु परिवर्तनको कारण जलचक्रीय प्रणालीमा आएको असरको कारण पछिल्ला वर्षहरूमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ।

गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077