Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनकोशी मरिण र भेरी बबई आयोजना यथास्थितिमा राख्न सकिँदैन, ठेक्का तोड्नुपर्छ : कुलमान घिसिङ

सुनकोशी मरिण र भेरी बबई आयोजना यथास्थितिमा राख्न सकिँदैन, ठेक्का तोड्नुपर्छ : कुलमान घिसिङ

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री घिसिङले मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीलाई डाकेर आयोजनाको अस्वाभाविक ढिलाइबारे कठोर चेतावनी दिएका हुन् । उनले दुवै आयोजनामा अबको बाटो ठेक्का तोडी नयाँ सिराबाट अगाडि बढ्नुबाहेक विकल्प नभएको स्पष्ट पारे ।

‘राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ, ब्याज मात्र अर्बौं पुगेको छ, तर काम भने अलपत्र परेको छ,’ मन्त्री घिसिङले भने, ‘एकले अर्कालाई दोष लगाउने, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने अनि सरकारले वातावरण दिइराख्ने—यस्तो अवस्थामा आयोजना कहिल्यै पूरा हुँदैन ।’

उनका अनुसार भेरी बबई आयोजनाको सुरुङ २०७७ भदौमै सकिए पनि बाँध र विद्युतगृहको निर्माण अघि बढ्न सकेको छैन । यस आयोजनाको भौतिक प्रगति अहिलेसम्म ५७ प्रतिशत मात्र छ । सुनकोशी मरिण आयोजनामा त झन १० प्रतिशत मात्र काम भएको छ भने ठेक्का समयावधि ६० प्रतिशत सकिएको छ ।

भेरी बबई आयोजनाको बाँध तथा विद्युतगृह निर्माणको जिम्मा गङ्दोङ युतियान–रमण जेभीले लिएको थियो भने सुनकोशी मरिणको ठेक्का पटेल–रमण जेभीसँग थियो । मन्त्री घिसिङले सम्बन्धित सबै पक्षलाई गम्भीर भएर काममा जुट्न आग्रह गर्दै ठेक्का तोडेर अघि बढ्ने प्रक्रियालाई तत्काल अघि बढाइने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077