काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् ।
सरकारको निर्णयअनुसार हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरिएको हो ।
शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ ।
गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो।
तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई हटाउँदै आफ्नो नजिकका सहयोगी मानिने सिलवाललाई नियुक्त गराएका छन्।
