Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

सोमवार , आश्विन ६, २०८२

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ ।

भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

‘यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ । निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ । निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ’, बोहराले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077