काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।
जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत थिइन् ।
तर, उनको स्वास्थ्यमा जटिलता बढ्दै गएपछि फोक्सोमा संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन् ।
चिकित्सकको सिफारिसअनुसार सोमबार राति नै उनलाई भारतको अस्पतालमा रेफर गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।