काठमाडौं । अर्थ मन्त्रालयले सेवा प्रवाहमा हुने गुनासो इमेल, हटलाइन वा तोकिएका व्यक्तिलाई सिधै फोन गर्न आग्रह गरेको छ ।
अर्थ मन्त्रालय मातहतका निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेकोलगायतका कुनै पनि प्रकारका ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको अवस्थामा सम्पर्क गर्न आग्रह गरिएको हो।
सेवाग्राहीले सिधै अर्थमन्त्री रामेश्वर खनाल, मन्त्रालय वा हटलाइन नम्बरमा गुनासो सुनाउन सक्नेछन्।
मन्त्री खनालको इमेल [email protected] मन्त्रालयको इमेल [email protected] र हटलाइन (टोलफ्रि) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
यसबाहेक उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ वा शाखा अधिकृत पवित्रा ज्ञवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।