Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्रीको सूचीबाट डा. मिश्रको नाम काटियो, चार मन्त्रीलाई शपथ गराइँदै

मन्त्रीको सूचीबाट डा. मिश्रको नाम काटियो, चार मन्त्रीलाई शपथ गराइँदै

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्रको नाम काटिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्री बनाउन चाहे पनि कर्मचारीका रुपमा कार्यरत रहँदा अनेक विवादका प्रसंग जोडिएपछि उनको नाम काटेकी हुन् ।

आइतबार साँझ डा. मिश्र स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी थिइन् ।

उनीसंगै सिफारिस भएका मन्त्री आज उद्योग, कानुनमन्त्रीका रुपमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीका रुपमा महावीर पुन, कृषि मन्त्रीका रुपमा मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पत्रकार जगदीश खरेलले शपथ लिँदैछन् ।

नयाँ मन्त्रीहरूलाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने तयारी थियो । तर, संगीताको नाममा विवाद भएपछि दिउँसो ३ बजेका लागि सारिएको छ ।

मिश्रको नाम स्वास्थ्यमन्त्रीका लागि आइतबार फाइनल भए पनि जेनजी युवाहरूले विगतमा भ्रष्टाचारसहितका मुद्दामा जोडिएकाले मन्त्री बनाउन नहुने अडान लिएका थिए । त्यहीकारण यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत मिश्रले मन्त्री पदमा जाने योजना करिब तुहिएको छ ।

आइतबार कार्कीले डा. मिश्रसहित ५ मन्त्रीको नाम सिफारिस गरेकोमा उनको नाम काटिएपछि चार मन्त्रीको शपथ हुने निश्चित भएको हो ।

यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्‍मा आज ४ जना थपिएपछि ८ ससदस्यीय हुने भएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077