Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशैं घरमा जमरा राखियो (तस्बिरहरू)

दशैं घरमा जमरा राखियो (तस्बिरहरू)

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखिएको छ । सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा घटस्थापना गरिएको हो ।

महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

Ghatasthapana-2082_NPL8-1758516122.jpegGhatasthapana-2082_NPL6-1758516122.jpg

बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ ।

आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

Ghatasthapana-2082_NPL5-1758516123.jpgGhatasthapana-2082_NPL1-1758516125.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077