काठमाडौं । अर्थ मन्त्रालयले तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई जिम्मेवारी दिइँदा सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए ।
सहसचिवहरूको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।