Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सिराहामा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु

सिराहामा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु

आइतवार , आश्विन ५, २०८२

सिराहा । सिराहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका- २३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए।

सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएका थिए।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। उनी लहान नगरपालिका- १९ सोनमती गाढास्थित जनता माविका शिक्षक हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077