Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

असोज ६ देखि २० गतेसम्म सर्वोच्च अदालत बन्द

असोज ६ देखि २० गतेसम्म सर्वोच्च अदालत बन्द

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । सर्वोच्च अदालत दसैँका अवसरमा असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म बिदा रहने भएको छ ।

सर्वोच्चले बिहीबार सार्वजनिक गरेको सूचनामा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम सो अवधिमा अदालत बन्द रहने उल्लेख छ ।

तर, घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबार बाहेकका दिनमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म मात्र बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइ हुने व्यवस्था गरिएको छ ।

यस क्रममा नियमित मुद्दा, पेशी तथा प्रशासनिक कामकाज भने हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077